$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

पर्सा-३ मा घरदैलो तीव्र : उम्मेदवार रामाकान्त चौरसिया बालेन शाहका दाइसँगै मैदानमा

पर्सा, माघ २१ /  पर्सा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधि...

पर्सा, माघ २१ /  पर्सा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह का दाइ कौशल साहसँगै विभिन्न गाउँहरूमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

रास्वपाले बालेन शाहको नाम प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारेपछि देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको दाबी गर्दै उम्मेदवार चौरसियाले त्यसको प्रभाव पर्सा-३ मा समेत देखिन थालेको बताएका छन्। बिहानैदेखि बड्का झौवा, छोट्का झौवा, इटियाही लगायतका बस्तीहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको जनाइएको छ।

घरदैलोका क्रममा चौरसियाले रास्वपाको नीति, सुशासन, रोजगारी सिर्जना, शिक्षा सुधार तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रतिबद्धताबारे जानकारी गराएका थिए। स्थानीय समस्याहरू सुन्दै संसद्मार्फत समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

अभियानमा सहभागी कौशल साहले देशमा देखिएको राजनीतिक विकृति अन्त्य गर्न नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको धारणा राख्दै त्यसका लागि रास्वपा उपयुक्त विकल्प भएको बताए। जनताको विश्वास र साथले मात्र वास्तविक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

यसअघि पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरियामा जेन-जी युवासहित तीन सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेको उल्लेख गर्दै स्थानीय स्रोतले युवाहरूको बढ्दो आकर्षणले पर्सा-३ मा पार्टीको आधार बलियो बन्दै गएको बताएका छन्।

उम्मेदवार चौरसियाका अनुसार परम्परागत राजनीतिबाट आजित मतदाता परिवर्तनको आशासहित रास्वपामा आबद्ध भइरहेका छन्। घरदैलोका क्रममा मतदाताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गरेर परिवर्तनको सुरुआत गर्न चाहेको प्रतिक्रिया दिएको उनले बताए।

घरदैलो तथा जनसम्पर्क कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, युवा, महिला तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content