वीरगंज, १३ पुस। प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार छ वटा खेलहरू सम्पन्न भएका छन।
१२ औं दिनको पहिलो खेल जुनियर छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भएको थियो। खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पा–यो। यस खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए।
दोस्रो खेल छात्रातर्फ गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच भएको थियो। साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता ग–यो। शिवानी साह प्लेयर अफ द म्याच बनिन।
तेस्रो खेल जुनियर छात्रतर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको महत्वपूर्ण जित निकाल्न सफल भयो। यस खेलका प्लेयर अफ द म्याच राजन साह घोषित भए।चौथो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो। यस खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पा–यो। दीक्षा गिरी प्लेयर अफ द म्याच बनिन।
पाँचौँ खेल जुनियर छात्रतर्फ सुर्याेदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो। उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्याेदय सेकेन्डरी स्कुलले ७ विकेटको जित दर्ता ग–यो। यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए।
अन्तिम खेल छात्रातर्फ लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो। कडा प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पा–यो। अर्चना ठाकुर प्लेयर अफ द म्याच बनिन।


COMMENTS