बारा, माघ १४ / बारा जिल्लाको परवानीपुर गाउँपालिका-१ रहरियाडीमा अज्ञात समूहले एकै परिवारमाथि घरमै आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ भने अन...
बारा, माघ १४ / बारा जिल्लाको परवानीपुर गाउँपालिका-१ रहरियाडीमा अज्ञात समूहले एकै परिवारमाथि घरमै आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ भने अन्य सदस्य घाइते भएका छन्।
मंगलबार राति करिब ३ बजेतिर भएको उक्त घटनामा जागरुप महतोकी श्रीमती सुमिन्त्रा देवी महतो र छोरा रामेश्वर महतो को धारिलो हतियार प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ।
आक्रमणमा परेर जागरुप महतो स्वयं सहित परिवारका अन्य दुई सदस्य पनि घाइते भएका छन्। घाइतेहरूको हाल परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाको कारण समेत अज्ञात रहेको प्रहरीले जनाएको छ।
प्रहरीले परिवारका सदस्य, छिमेकी तथा स्थानीयसँग सोधपुछ गर्दै घटनाबारे गहन अनुसन्धान अगाडि बढाएको छ। दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रूपमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।


COMMENTS