बारा,माघ ०६ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं. ४ मा मंगलबार ३९ जनाले मनोनयन दर्ता गराएक...
बारा,माघ ०६ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं. ४ मा मंगलबार ३९ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीमध्ये २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
राजनीतिक दलतर्फ नेकपा एमालेबाट निबर्तमान सांसद तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), राष्ट्रिय परिवर्तन पार्टीबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेपाली कम्युनिष्ट पार्टी नेपालबाट २७ वर्षीय ‘जेन–जी’ युवा अजय कुश्वाहा तथा नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ताले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अंसारी र जनमत पार्टीबाट हमजान मियाले पनि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृत गम्भीर घिमिरेले बारा-४ मा उम्मेदवारको संख्या उल्लेख्य रहेको जानकारी दिएका छन्।

COMMENTS