बारा, पौष २९ / आज बिहानको समयमा प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा, बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा ...
बारा, पौष २९ / आज बिहानको समयमा प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा, बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १८ बडर्वा स्थित मनहरीबाट कलैयातर्फ आउँदै गरेको BAC 2343 नम्बरको योद्धा पिकअप गाडीलाई शंका लागी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त गाडीको पछाडी भागमा फल्स बटम बनाई कालो प्लास्टिकमा प्याक गरिएको २०३ किलो ८५० ग्राम लागू औषध गाँजा २० बिस पोका फेला परेको प्रहरीले जनाएको छ। गाडीमार्फत गाँजा ओसार-पसार भइरहेको अवस्थामा प्रहरीले गाडी चालकलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति जिल्ला मकवानपुर, मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरी। पक्राउ परेका व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

COMMENTS