$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङमा छापा, करिब ३० लाख बराबरको अवैध सामान बरामद

अभिलाष गुप्ता / वीरगञ्ज ११ माघ  वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ (SB Trading) मा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले छा...

अभिलाष गुप्ता / वीरगञ्ज ११ माघ 

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ (SB Trading) मा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारी करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

आइतबार साँझ करिब ५:३० बजे वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त पसलमा छापा मारेको हो। 

छापाका क्रममा चिनियाँ, भारतीय तथा विभिन्न घरेलु प्रयोजनका सामानहरू अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुबेदीले देश मधेश अनलाइनलाई जानकारी दिनुभएको छ।

बरामद गरिएका सामानहरूमा भन्सार छली ल्याइएका हुन सक्ने विभिन्न उपभोग्य सामग्री, घरेलु सामान तथा अन्य वस्तुहरू रहेका छन्। प्रारम्भिक अनुमान अनुसार ती सामानहरूको बजार मूल्य करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबर रहेको बताइएको छ।

हाल बरामद सामानहरू वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कागजात नपुगेको अवस्थामा कानुनी प्रक्रिया अघि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने प्रहरीको भनाइ छ।

यस घटनाले वीरगञ्ज क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागेको संकेत दिएको स्थानीयवासीहरूले बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content