हेल्पिङ्ग हैण्ड युथ सोसाइटीका अध्यक्ष राज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महागढीमाइ नगरपालिकाका शिक्षा प्रमुख रामबिश्वास चौरसिया रहनुभएको थियो। कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्षहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मोटिभेशनल वक्ताहरू प्रदीप कुमार साह र सगर कुमार कुशवाहले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको समग्र प्रबन्धन तथा निर्देशन पूनम यादवले गर्नुभएको थियो भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ताले गर्नुभएको थियो।
मोटिभेशनल वक्ता प्रदीप कुमार साहले विद्यार्थीहरूलाई एसईई परीक्षा लक्षित विशेष प्रशिक्षण प्रदान गर्दै समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव नियन्त्रणका उपायबारे विस्तृत रूपमा मार्गदर्शन गर्नुभयो। उहाँले नियमित, योजनाबद्ध अध्ययन र साना–साना विश्रामसहित कठिन विषयमा ध्यान केन्द्रित गर्न प्रेरित गर्नुभयो।
त्यस्तै, व्यक्तित्व विकासका विविध पक्षहरू आत्मविश्वास, सकारात्मक सोच, लक्ष्य निर्धारण र व्यवहारिक सीप—बारे पनि प्रशिक्षण दिइएको थियो। सहभागी विद्यार्थीहरूले उक्त प्रशिक्षणले परीक्षाप्रति सकारात्मक सोच विकास हुनुका साथै योजनाबद्ध तयारीमा ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमले विद्यार्थीहरूलाई एसईई परीक्षामा सफलता हासिल गर्न मात्र नभई दीर्घकालीन व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।




COMMENTS