![]() |
| AI Image |
प्रहरीका अनुसार लुकिछिपी बसेको अवस्थाबाट पौष २८ सोमबार तीन जना फरार अभियुक्तहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ स्थायी ठेगाना भई हाल ललितपुर इमाडोल बसोबास गर्दै आएका ४० वर्षीय श्री तामाङ रहेका छन्। उनलाई बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ तोकिएको विगो अनुसार इ.प्र.का. निजगढबाट पक्राउ गरिएको हो। त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलनलाई लागू औषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। बारागढी गाउँपालिका–६ का ६५ वर्षीय हलिया थरुनीलाई लेनदेन विगो सम्बन्धी मुद्दामा इ.प्र.का. बारागढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले अपराध नियन्त्रण तथा कानूनी शासन कायम गर्न यस्ता कारवाहीलाई निरन्तरता दिइने जनाएको छ।

COMMENTS