$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

४४ गणलाई पछि पार्दै एसपी खुमबहादुर के.सी.को नेतृत्वमा बारा गण प्रथम

बारा, माघ ०७ /  सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले आफ्नो एक वर्षे कार्यक...

बारा, माघ ०७ /  सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले आफ्नो एक वर्षे कार्यकालमा बारा जिल्लामा उल्लेखनीय कार्य गरेका छन्। उनले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त गरेका हुन्। उनले प्रदर्शन गरेको कार्यक्षमता, नेतृत्व दक्षता र नतिजामूलक कामको उच्च मूल्याङ्कन सशस्त्र प्रहरी बलले समेत गरेको छ। उनले सम्पादन गरेको कामको कारण ४४ वटा गणहरुमध्ये उल्लेखनीय नतिजासहित पहिलो स्थान हासिल गर्न उनी सफल भएका हुन्।

सशस्त्र प्रहरी उपरीक्षक के.सी.को नेतृत्वमा बाराको सीमा सुरक्षा अझ सुदृढ र प्रभावकारी बनेको छ। सीमावर्ति क्षेत्रमा हुने विभिन्न अन्तर सीमा अपराध लगायत अवैध ओसार पसार तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुरूवात गरेको सशस्त्र प्रहरीमा गण प्रथम गराउने गणपतिलाई पुरस्कार स्वरूप अर्को गणको कमाण्डमा पठाउने नीति अनुरुप केसीको सरुवा भइसकेको छ। व्यवसायिक अधिकृत एसपी खुम बहादुर के.सी.ले महानिरीक्षवाट प्राप्त निर्देशनलाई कुशलतापुर्वक सम्पादन गर्न सफल भएका हुन्।

नियमित निगरानी र सूचनामा आधारित कारबाहीले सुरक्षा चुनौतीहरू न्यूनिकरण भएको हो। विपद् व्यवस्थापनको क्षेत्रमा पनि उनको कार्यकाल बारामा उदाहरणीय रहेको छ। प्राकृतिक विपद्का बेला सशस्त्र प्रहरी बल, नेपालको शिघ्र, संगठित र प्रभावकारी परिचालनले जनधनको क्षति न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पु-याएको छ। उनले जिल्लामा भएको विपदको बेला जनचेतना जगाउन तथा विपदबाट जोगिन नागरिकहरुसंग गरेको प्रत्यक्ष संवाद यहाँ स्मरणीय रहेको छ। धेरै वर्षा भएको समयमा केसीको नेतृत्वमा सशस्त्र प्रहरी बलले म्याकिङ्ग गरेको स्मरणीय रहेको सिमराका विजय साह बताउँछन्।

स्थानीय निकाय तथा सरोकारवाला संस्था सँगको समन्वयमा विभिन्न कृत्रिम घट्ना अभ्यास,राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यहरू प्रभावकारी रूपमा केसीको नेतृत्वमा सञ्चालन भएको छ। विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत समुदायसँगको सम्बन्ध मजबुत बनाउन उनले भूमिका खेलेका हुन्। सीमा सुरक्षा लगायत अन्तर सीमा अपराध न्युनिकरण गर्न शान्ति, सुरक्षालाई प्रभावकारी बनाउन सकारात्मक प्रभाव परेको छ। सीमावर्ती क्षेत्रका स्थानीयहरुले समेत केसीले प्रदर्शन गरेको व्यवहार कुशलतामा खुसी व्यक्त गरेका छन्। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम मार्फत सीमावर्ति ईलाकामा गरीब तथा पिछडिएका समुदाय लक्षित विभिन्न कार्यक्रमहरु गरिएको हो।

ब्याड्प अन्तर्गत क्विपको अवधारणा अनुरुप सीमा ईलाकामा सार्वजनिक प्रतिक्षालयतथा शौचालय निर्माण गरिएको छ। सीमावासीहरुसँग सशस्त्र प्रहरी बलको सम्बन्धलाई समधुर बनाउन उल्लेखनीय भूमिका उनले निर्वाह गरेका हुन्। सीमावर्ति समुदायको प्रत्यक्ष आवश्यकता पहिचान गरी साना तर प्रभावकारी विकासात्मक कार्यहरू सम्पन्न गरिएका छन्। खानेपानी, सरसफाइ, विद्यालय तथा सार्वजनिक स्थल सुधार, सामुदायिक संरचना मर्मत जस्ता कार्यमार्फत सीमाबासीको दैनिक जीवनस्तर उकास्न सहयोग पुगेको जनाइएको छ।

क्विप कार्यक्रमले सीमाबासीमा सुरक्षा निकायप्रति विश्वास बढाउँदै सहकार्यको वातावरण सिर्जना गरेको छ। एसपी के.सी.ले नेतृत्व सम्हाले पश्चात कार्यालयको भौतिक पूर्वाधार निर्माणलाई थप सुदृढ एवं व्यवस्थित गर्न बलियो इच्छा शक्तिका साथ स्थानीय तहहरुसँग प्रभावकारी समन्वय उनले गरेका हुन्। आन्तरिक कार्यालयभित्र नमुना योग्य मेश, व्यारेक आदि संरचनाहरुको निर्माण तथा व्यवस्थापनको सुधारमा समेत एसपी के.सी.ले विशेष ध्यान दिएका थिए। जस्को कारण कार्यालयको पूर्वाधारहरुमा सुदृढीकरण लगायत वातावरण सुधार भएको छ। कार्यालयको सौन्दर्यकरण थप मजबुत एवं आकर्षक बनेको देखिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक के.सी. ले गणको कमाण्ड सम्हाले पश्चात सीमा ईलाकामा गरिएको परिमाणमुखि एवं प्रभावकारी डिउटि परिचालन तथा विशेष अपरेसनहरू सञ्चालन भएको थियो। पाँच करोड बराबरको विभिन्न अबैध सरसमानहरु बरामद गरी भन्सार दाखिला गरिएको थियो। विभिन्न समय र स्थानहरुबाट उल्लेखनीय मात्रामा तयारी गाँजा, अफिम एवं लागुऔषध जन्य ट्याबलेटहरु बरामद गरी सम्बन्धित निकायहरुमा समेत बुझाएको देखिन्छ।

आर्थिक अनुशासनमा शून्य सहनशिलता र कुशल व्यावसायिकता कायम राख्न उनको नेतृत्व निर्णायक साबित भएकोछ। विभिन्न सरोकारवाला, अन्य सुरक्षा निकायहरु र भारतीय समकक्षि सुरक्षा निकायहरुसंगको निरन्तर समन्वय उनले स्थापित गरेका थिए। भारतीय समकक्षीसंग सम्बन्धमा विस्तार गरी सुक्ष्म रुपमा सूचना संकलन एवम् त्यस्को गहिरो विश्लेषण गरी रणनैतिक तवरले योजनाबद्ध रुपमा परिचालन गरिएको हो। राजश्व चुहावट नियन्त्रण गर्न एवं अन्तर सीमा अपराध न्युनिकरण गर्नमा उल्लेखनीय भूमिका केसीले निर्वाह गरेका हुन्।

के.सी.ले गणको आन्तरिक प्रशासन तथा भौतिक पूर्वाधार विकासमा समेत उल्लेखनीय प्रगति गरेका हुन्। पारदर्शी, दुरदर्शी एवं काम प्रति उनको गहिरो ईच्छा शक्ति एवं लगावको कारण गणको आन्तरिक कार्यालय निर्माण, ब्यारेक सुधार, आवासीय संरचना मर्मत तथा नयाँ संरचनाहरु निर्माण मार्फत कार्यालय एवं आन्तरिक गण परिसरको वातावरणलाई व्यवस्थित र सुरक्षित समेत बनाइएको पाइएको छ।सीमित स्रोतसाधनको बावजुद पनि उनले आफ्नो कार्यभार सम्हाले देखिनै निरन्तर रुपमा प्राप्त स्रोत साधनको अधिकतम उपयोग गर्दै कार्यालय व्यवस्थापनमा गरिएको सुधारले कर्मचारीहरूको मनोबल र कार्यक्षमता अभिवृद्धि गरेको जनाइएको छ।

विभिन्न नियमित तथा विशेष ड्युटीहरूमा सशस्त्र प्रहरी बलको प्रभावकारी परिचालन, ईमान्दारिता अनुशासन र व्यवसायिकता कायम राख्न उपरीक्षक के.सी.को नेतृत्व सफल हुनुको साथै जस्तो सुकै कठिन एवं चुनौतीपूर्ण परिस्थितिहरुमा समेत जिम्मेवारीपूर्वक कार्य सम्पादन गरेका छन्। संगठनको छविलाई उच्च पार्न गरेको योगदान सराहनीय, प्रशंसा योग्य एवं स्मरण गर्न लायक रहेको जिल्लाका समाजसेवी तथा नागरिकहरु बताउँछन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content