$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

परवानीपुर हत्या काण्ड : मृतककी पत्नी र प्रेमी प्रहरी हिरासतमा

बारा, अभिलाष गुप्ता,माघ १५ /  बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०१, रहरियाडीमा विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमको कारण भएको दोहो...

बारा, अभिलाष गुप्ता,माघ १५ /  बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०१, रहरियाडीमा विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमको कारण भएको दोहोरो हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई बारा जिल्ला अदालतले अनुसन्धानका लागि बिहीबार पाँच दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतककी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो धानुकलाई हिरासतमा राखी पहिलोपटक म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो।

परवानीपुर–१, रहरियाडीमा बुधबार बिहान करिब २ बजेको समयमा धारिलो हतियार प्रहारबाट ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २८ वर्षीय छोरा रामईश्वर मण्डलको हत्या भएको थियो। घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार हत्या मनिता देवी मण्डलले धर्मेन्द्र महतो धानुकको सहयोगमा गरेको खुलेको छ। उनले आफ्ना श्रीमान् रामईश्वर मण्डल र सासु सुमित्रादेवीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल नै रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार धर्मेन्द्र महतो धानुक प्रसौनी गाउँपालिका–७, बन्जरियाका निवासी हुन्। उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए र गत माघ ११ गते काठमाडौँ आइपुगेपछि मनितासँग मिलेर उक्त घटना घटाएको खुलेको छ।

मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाट नियन्त्रणमा लिइएको र धर्मेन्द्र महतो धानुकलाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०४, मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। अभियुक्तहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content