$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

बारा डुमरवाना-बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा सेवानिवृत्त शिक्षकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना-बडहर्वा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको ज्यान गएको छ। मृत्यु हुन...


बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना-बडहर्वा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको ज्यान गएको छ।

मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा-२ मा बसोबास गर्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन्।

प्रहरीका अनुसार शर्माले चलाएको प्र.०२-०३-००७ प २३४१ नम्बरको मोटरसाइकल डुमरवानाबाट बडहर्वातर्फ जाँदै गर्दा सोही दिशाबाट गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको प्र.०२-०३-००१ त नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगन्जस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिएका छन्।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content