सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि भारतीय बजारमा चहलपहल घटेको छ भने नेपाली बजारमा व्यापार उल्लेख्य रूपमा बढ्न थालेको छ। प...
सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि भारतीय बजारमा चहलपहल घटेको छ भने नेपाली बजारमा व्यापार उल्लेख्य रूपमा बढ्न थालेको छ।
पहिले किनमेलका लागि सीमापारि भारत जाने नेपालीहरूको संख्या उच्च रहे पनि अहिले त्यसमा भारी गिरावट आएको देखिएको छ। यसको सिधा प्रभाव नेपाली बजारमा परेको छ, जहाँ ग्राहकहरूको आवागमन दिनप्रतिदिन बढ्दै गएको छ।
स्थानीय व्यवसायीका अनुसार पहिले दिनभर पसल कुरेर बस्नुपर्ने अवस्था थियो, तर अहिले ग्राहक बढेसँगै व्यापारमा सुधार देखिन थालेको छ। भन्सार कडाइपछि व्यापार करिब २५ प्रतिशतले वृद्धि भएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले सीमा क्षेत्रबाट हुने अवैध व्यापार पूर्ण रूपमा रोक्न सके व्यापार अझै ५० प्रतिशतसम्म बढ्ने विश्वास व्यक्त गरेका छन्।

COMMENTS