$show=home

लोड हुँदैछ...

$show=home

अपराध
Loading...

कोल्हवी-महागढीमाईमा प्रशासनको कडा बजार अनुगमन : मापदण्ड उल्लंघन गर्ने फर्मलाई १ लाख ५ हजार जरिवाना

बारामा पछिल्लो केही दिनयता प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा गरिएको संयुक्त बजार अनुग...


बारामा पछिल्लो केही दिनयता प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न व्यवसायिक फर्महरूलाई कुल १ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय कोल्हवी तथा उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले कोल्हवी र महागढीमाई क्षेत्रमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन गर्ने ६ वटा फर्ममध्ये ४ वटालाई नगद जरिवाना गरिएको प्रशासनले जनाएको छ। महागढीमाई-१ स्थित मुस्कान डेरी उद्योगलाई ऐनको दफा ३८ को खण्ड (ट) अनुसार कसुर गरेको पाइएपछि सबैभन्दा बढी ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी कोल्हवी-२ मा रहेको हाम्रो फ्रेस चाउमिन उद्योगलाई खाद्य क्षेत्रको नियमित अनुगमनका क्रममा ऐनको दफा ३८ (घ) अनुसारको कसुर देखिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ। कोल्हवी-१ स्थित न्यू जैशवाल मिष्ठान भण्डारलाई ५ हजार तथा कोल्हवी-३ मा रहेको वैष्णाव होटललाई पनि ५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

यता कोल्हवी-१ मा सञ्चालित शिवम ट्रेडर्स र आयुष ज्वेलर्समा गरिएको अनुगमनमा भने आवश्यक मापदण्ड पालना गरिएको पाइएको छ। ती फर्मलाई सामान्य सुधारका लागि निर्देशन दिँदै छाडिएको अनुगमन टोलीले जनाएको छ।

प्रशासनले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content