सिमराकी ३ वर्षीया बालिका अपहरण, करणी र हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा रिहा

सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रोग्रेश भन्ने पुरग्रेश चौधरीला...


सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रोग्रेश भन्ने पुरग्रेश चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीसँग २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत तथा असिमित बैंक जमानत माग गर्दै मुद्दाको पुर्पक्षका लागि तारिखमा राख्ने आदेश दिएको हो। तोकिएको धरौटी वा जमानत दिन नसके कानुनबमोजिम थुनामा राख्न अदालतले आदेश दिएको छ।

अदालतले तत्काल प्राप्त प्रमाणबाट चौधरी अभियोगमा संलग्न छैनन् भन्न सकिने अवस्था नरहेको ठहर गरेको छ। जाहेरी, घटनास्थलसम्बन्धी कागजात, विभिन्न व्यक्तिले दिएको घटनाविवरण तथा बालिकाको शव बरामद भएको घरमा चौधरीले विद्युत् लाइन जडान गरेको स्वीकार गरेको विषयलाई अदालतले तत्काल प्राप्त प्रमाणका रूपमा लिएको छ।



तर, उपलब्ध प्रमाणका आधारमा चौधरीलाई तत्काल थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था भने नदेखिएको अदालतको निष्कर्ष छ। थप प्रमाण बुझ्दै जाँदा कानुनबमोजिम हुने भन्दै उनलाई धरौटीमा तारिखमा राख्ने आदेश दिइएको हो।

प्रकरणमा अभियोग लागेका इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नविन वि.क., टेकबहादुर थापा मगर, शेष हस्मुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई भने अदालतले साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।

उनीहरूले आरोपित कसूरमा इन्कार गर्दै बयान दिएका र मुख्य कसूरमा सहयोग गरेको वा प्रमाण लोप गरेको पुष्टि हुने तत्काल प्राप्त पर्याप्त प्रमाण मिसिलमा नदेखिएको भन्दै उनीहरूसँग धरौटीसमेत नमागिएको अदालतले जनाएको छ।

बालिकाको परिवारले भने विभिन्न प्रतिवादीको मिलेमतोमा बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणीपछि हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएको थियो।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरूलाई फरक–फरक अवस्थामा राखेको भए पनि मुद्दाको अन्तिम फैसला भने थप प्रमाण र सुनुवाइपछि मात्रै हुने स्पष्ट गरेको छ।

यसैबीच, प्रकरणमा फरार रहेका प्रतिवादीहरूको हकमा कानुनबमोजिम म्याद जारी गरी आवश्यक कारबाही अघि बढाउनसमेत अदालतले आदेश दिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content