सिमराको चक्कु प्रहार घटनामा पाँच जना नियन्त्रणमा, मुख्य आरोपित आयुश राई पक्राउ

जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नि...


जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये चक्कु प्रहार गर्ने मुख्य आरोपितका रूपमा २३ वर्षीय आयुश राईको नाम खुलेको छ। घटनापछि फरार भएका राईलाई प्रहरीले घटना भएको करिब पाँच घण्टापछि राति साढे ९ बजे जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धानखेतबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कामाथि होटलको भान्सामा प्रयोग हुने चक्कुले घाँटीमा प्रहार गरेपछि राई फरार भएका थिए। गम्भीर घाइते खड्कालाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको थियो।

घटनापछि राई पश्चिमतर्फको जंगल हुँदै राजमार्ग निस्किएर महेन्द्रनगर पुगेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। आफन्तको घरमा लुकेर बसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी पुगेपछि राई त्यहाँबाट भागेर अर्को आफन्तको घरतर्फ गएको र अन्ततः नजिकैको धानखेतमा लुकेको अवस्थामा प्रहरीले खेत घेरा हालेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

राईलाई लुक्न तथा भाग्न सहयोग गरेको आरोपमा उनका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। ती व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।


यसअघि प्रहरीले राईसँगै होटलमा आएका दुई युवकलाई पनि नियन्त्रणमा लिएको थियो। घाइते खड्कालाई उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल पुर्‍याउन उनीहरू पनि सँगै गएका थिए। घटनाबारे थप सोधपुछका लागि प्रहरीले उनीहरूलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

प्रत्यक्षदर्शीका अनुसार राईसहित तीन जना युवक मदिरा सेवन गरेको अवस्थामा होटलमा आएका थिए। उनीहरूबीच के विषयमा विवाद भयो भन्ने कुरा भने अझै स्पष्ट भएको छैन। होटल सञ्चालकले पनि विवादको कारणबारे आफूलाई जानकारी नभएको बताएका छन्।

प्रहरीका अनुसार घटनाको समयमा अचानक राईले होटलको भान्साबाट चक्कु ल्याएर खड्कामाथि प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धानका लागि होटल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ।

प्रहरीले घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा घटनाको सम्पूर्ण पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content