कृषि मन्त्री गीता चौधरीको पहलमा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण, किसानलाई बाली छनोटमा सहजता

कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) निर्धारण तथा खरिद मूल्य व्यवस्थापनमा महत्वपूर्ण प्...


कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) निर्धारण तथा खरिद मूल्य व्यवस्थापनमा महत्वपूर्ण प्रगति हासिल गरेको जनाएको छ। सरकारको शासकीय सुधारका १०० बुँदाअन्तर्गत बुँदा ९० (क) मा समेटिएको कार्य सफलतापूर्वक सम्पन्न भएको मन्त्रालयले जनाएको हो।

कृषि मन्त्री गीता चौधरी ले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेपछि खाद्यान्न बालीको एमएसपी निर्धारण प्रक्रिया व्यवस्थित बनेको मन्त्रालयको भनाइ छ। उक्त निर्देशिका २०८३ वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

मन्त्री चौधरीका अनुसार अब किसानहरूले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्यको जानकारी पाउने भएकाले लागत, सम्भावित आम्दानी र बजार अवस्थाको मूल्यांकन गरी आफूअनुकूल बाली छनोट गर्न सक्नेछन्। यसले किसानलाई खेतीसम्बन्धी निर्णय लिन थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको एमएसपी मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य पनि मन्त्रिपरिषद्ले निर्धारण गरिसकेको छ। निर्णयअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढाएको जनाएको छ। यसअघि मकैको एमएसपी तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ।

उखु किसानका लागि पनि आर्थिक वर्ष २०८२/८३ को न्यूनतम खरिद मूल्य यसअघि नै निर्धारण भइसकेको छ भने आगामी आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य सम्बन्धी प्रस्ताव २०८३ कार्तिक मसान्तभित्र मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण सम्बन्धी यो पहलले किसानको उत्पादनमा सुरक्षा, बजारमा स्थिरता तथा कृषि क्षेत्रको व्यावसायीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

300
× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content