रास्वपा–उज्यालो नेपाल–बालेन एकता: फागुन २१ को निर्वाचनमा सँगै जाने औपचारिक सहमति

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी का संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगाम...


 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी का संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका छन्।

उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त रूपमा अघि बढ्ने सहमति भएको हो।

सोही क्रममा रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सम्बन्धी औपचारिक सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमतिअनुसार भ्रष्टाचार र कुशासनविरुद्ध Gen-Z आन्दोलनको मर्म आत्मसात् गर्दै आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

सहमति पत्रमा उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, योग्यताप्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई केन्द्रीय आधार बनाउँदै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ।

एकतापछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने तथा चुनाव चिन्ह पनि घण्टी नै कायम रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।


सहमति अनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ।

उज्यालो नेपालको अभियानलाई रास्वपाका कार्यक्रमहरूसँग जोड्दै संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने, उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ। साथै, यस सम्झौताअनुसार पार्टीसम्बन्धी सबै दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने जनाइएको छ।

सहमति पत्रको अन्त्यमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध भई अघि बढ्न अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content