वीरगञ्ज । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल वीरगञ्जस्थित टी.बी. शाह अन्तर्राष्ट्रिय क...
वीरगञ्ज । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल वीरगञ्जस्थित टी.बी. शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको छ। फाइनलमा नेशनल इन्फोटेक कलेजले ग्याण्डा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको ग्याण्डा एकेडेमीले २० ओभरमा १३७ रन बनाएको थियो। जवाफमा नेशनल इन्फोटेकले १९.१ ओभरमै ५ विकेट गुमाउँदै १४० रन बनायो। मोहताब आलम ४८ रनसहित फाइनलका उत्कृष्ट खेलाडी घोषित भए।
खेल क्रिकेट एशोसिएसन अफ नेपाल (CAN) मधेश प्रदेश र क्रिकेट एशोसिएसन अफ पर्साको सहकार्यमा सम्पन्न भएको हो। पुरस्कार वितरण कार्यक्रम संयोजक सुधीर पटेलको उपस्थितिमा तथा क्यान पर्साका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको आयोजकले जनाएको छ।


COMMENTS