बिरगंज , पौष १५ / तराई-मधेसमा बढ्दो अत्यधिक चिसोका कारण वीरगन्ज महानगरपालिका ले महानगरभित्रका निजी तथा सार्वजनिक विद्यालयहरूमा जाडो बिदा थ...
बिरगंज , पौष १५ / तराई-मधेसमा बढ्दो अत्यधिक चिसोका कारण वीरगन्ज महानगरपालिका ले महानगरभित्रका निजी तथा सार्वजनिक विद्यालयहरूमा जाडो बिदा थप गरेको छ।
तेस्रो पटक सूचना जारी गर्दै महानगरले शीतलहरलाई मध्यनजर गर्दै विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरूमा बुधबार, बिहीबार र शुक्रबार (पौष १६, १७ र १८ गते) सम्म बिदा दिने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।
यसअघि महानगरले विभिन्न चरणमा पौष ७ देखि १५ गतेसम्म पनि जाडो तथा सार्वजनिक बिदा दिएको थियो।


COMMENTS