वीरगंज १२ पौष । वीरगंज महानगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरी कुश्ती खेलाडीहरुको सम्मान गरेको छ । इरानको उरमियाँ शहरमा सम्पन्न ७औँ ...
वीरगंज १२ पौष । वीरगंज महानगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरी कुश्ती खेलाडीहरुको सम्मान गरेको छ ।
इरानको उरमियाँ शहरमा सम्पन्न ७औँ एसियाली कुस्ती च्याम्पियनसीप–२०२५ मा सहभागी भई वीरगंज फर्किएका कुस्ती खेलाडीलाई
महानगरका मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । चारजना कुस्ती खेलाडीहरु कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादवलाई गम्छा र मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई पनि मेयर सिंहले ट्रयाक सुट प्रदान गरी सम्मान गरेका छन ।
मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर देश र वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


COMMENTS