नेशनल इन्फोटेक ५ विकेटले विजयी

वीरगंज १४ पुस । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजकले जितेको छ ।   सोमवार टी.बी. श...

वीरगंज १४ पुस । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजकले जितेको छ ।
 
सोमवार टी.बी. शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेशनल इन्फोटेकले ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो ।
 
ज्ञानदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । विवेक प्रजापतिले २७ बलमा ३६ रन तथा अंकित के. कुर्मीले ३६ बलमा ३५ रनको योगदान दिएका थिए । बलिङतर्फ नेशनल इन्फोटेकका निरज पटेलले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने अभय यादवले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए ।
 
१३८ रनको विजयी लक्ष्यसहित नेशनल इन्फोटेकले १९.१ ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनाउँदै जितेको थियो । टोलीका लागि मोहताब आलमले ४३ बलमा ४८ रन तथा परिमार्जन यादवले ३९ बलमा ४९ रनको उत्कृष्ट पारी खेले । ज्ञानदाका बलर रोबिन कुमालले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने अंकुश गुप्ताले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । उत्कृष्ट खेलाडी मोहताब आलम घोषित भए । उनले ४८ रनको पारी खेलेबापत रू. २,००० नगद पुरस्कार प्राप्त गरे ।
 
क्रिकेट एशोसिएसन अफ नेपाल मधेश प्रदेश क्रिकेट संघ तथा क्रिकेट एशोसिएसन अफ पर्साको सहकार्यमा सम्पन्न भएको हो। टुनामेन्टका संयोजक तथा युवा नेता सुधीर पटेलको विशेष उपस्थितिमा तथा क्यान पर्साका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
 
विजेता टोलीलाई शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content